काठमाण्डु उपत्यकामा थपिए १६ सय ९८ जना कोरोना संक्रमित

काठमाण्डु टुडे २०७७ कार्तिक २ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक – आज काठमाण्डु उपत्यकामा १६ सय ९८ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।

जसमा काठमाण्डुमा १ हजार ४६९ , भक्तपुरमा ९९ र ललितपुरमा १३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै आज देशभर बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us