रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

काठमाण्डु टुडे २०७७ कार्तिक २ गते ६:५४ मा प्रकाशित

रुपन्देही, २ कात्तिक– रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेशनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us