कमल थापा आइसीयूमा

काठमाण्डु टुडे २०७७ कार्तिक १ गते २१:०८ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक–राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् ।

ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या देखिएपछि थापालाई काठमाण्डुको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । थापालाई गत बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि थापा होम आइसोलेसनमा बसेका थिए ।

थापालाई आइसीयूमा राखिएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us