नेपालमा कोरोनाका गम्भीर बिरामी बढे, कडा खालको भाइरस फैलँदै

काठमाण्डु टुडे २०७७ असोज २९ गते ७:२३ मा प्रकाशित
काठमाण्डु, २९ असोज– कोरोना भाइरसका गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरुको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधी रेम्डेसिभिर को अभाव देखिएको छ ।

परीक्षणका क्रममा रहेको यो औषधीको माग नेपालमा बढ्दो छ । तर यसको आपूर्तिको स्थिति अत्यन्त कमजोर बनेको छ । यो औषधि समयमै आयात गर्न सम्बन्धित सरकारी तथा निजी आयातकर्ता असफल देखिएका छन् ।

औषधि विभागले पहिलो चरणमा डेढ महिना अघि निजी आयातकर्तालाई यो औषधि ६ हजार भायल आयात गर्न अनुमति दिएको थियो । यसको अभाव बढेसँगै गत शनिबार थप ६ हजार भायल आयात गर्न अनुमति दिएको छ । तर, त्यो औषधी नेपाल आइपुग्न अझै केही साता लाग्ने देखिएको छ ।

निजी कम्पनीले यसअघि आयात गरेको ६ हजार भायलबाहेक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुदानमा प्राप्त गरेको ७ हजार भायल तोकिएका अस्पतालहरुमा वितरण भइसकेको छ । नागिरक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us