विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख पुगेसँगै मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाण्डु टुडे २०७७ असोज १३ गते ११:२६ मा प्रकाशित

एजेन्सी, १३ असोज । विश्वभर फैलिएको कोभिड १९ कोरोना भाइरसबाट ३ करोड ३५ लाख संक्रमित भएका छन्, भने मृत्यु हुनेको संख्या १० लाख नाघेको छ ।

विश्वभर कुल संक्रमितमध्ये मृतकको संख्या झण्डै तीन प्रतिशत हुन आउँछ । संक्रमितमध्ये २ करोड ४८ लाख संक्रमणमुक्त भइसकेका छन् ।
सबैभन्दा बढी अमेरिकामा २ लाख ९ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यहाँ ७३ लाख संक्रमित भइसकेका छन् । भारतमा ६१ लाख कोरोना संक्रमितमध्ये ९६ हजारको मृत्यु भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us