काठमाण्डुसहित ६ जिल्लाका ६० वर्षमाथिकालाई घरबाहिर निस्कन रोक !

काठमाण्डु टुडे २०७७ असोज ११ गते २१:१७ मा प्रकाशित

काठमाण्डु, ११ असोज–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को हटस्पट बनेको काठमाण्डु उपत्यकाका तीनै जिल्ला तथा चितवन, मोरङ र सुर्खेतका ६० वर्ष उमेर नाघेका ज्येष्ट नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती ६ जिल्लामा कोरोना जोखिम उच्च रहेकाले ६० वर्ष उमेर कटेका व्यक्तिहरुलाई घरबाहिर ननिस्कन आग्रह गरे । यस्तै उक्त रक्तचाप, मधुमेह, क्यान्सर र मृगौला रोगका बिरामीलाई पनि घरबाहिर ननिस्कन गौतमले आग्रह गरे ।

यदि घरबाहिर निस्कनै पर्ने अवस्थामा त्यस्ता अवस्थाका मानिसहरुले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नुपर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us