दशैंमा फेरि लकडाउन !

काठमाण्डु टुडे २०७७ असोज ७ गते १८:१७ मा प्रकाशित

काठमाण्डु,७ असोज -दशैं सम्म कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा नेपालमा फेरि लकडाउन हुने भएको छ ।

आज सम्म कोरोना संक्रमितको संख्या १७ हजार ४ सय १४ पुगेको छ । २५ हजार भन्दा बढी कोरोना संक्रमित भए माआवश्यक पुर्वाधारले धान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैंठकले यस्तो निणर्य गरेको हो । दशैंमा उपत्यका छोडेर गाउँ जानेको संख्या बढी हुने भएकाले संक्रमण जहाँतही फैलिने भएकाले पुन लकडाउन गर्नुपर्ने स्वास्थ्यकर्मीले पनि बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us