संक्रमित बढेसँगै निको हुनेको संख्या पनि ४३ हजार नाघ्यो

काठमाण्डु टुडे २०७७ असोज २ गते १७:१६ मा प्रकाशित

काठमाण्डु , २ असोज — नेपालका कोरोनाको संक्रमित थपिदै जादाँ निको भएर घर जानेको संख्या पनि बढेको छ ।

आज मात्रै ८ सय ७१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ४३ हजार ८ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा आज सक्रिय संक्रमितको संख्या १७३८३ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा रहनेको संख्या ९२९५ रहेका छन् ,भने होम आइसोलेसनमा ८०८८ जना रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us