काठमाण्डु उपत्यका कोरोनाको महामारीमा, आज मात्रै ८ सय ५९ जनामा संक्रमित

काठमाण्डु टुडे २०७७ असोज २ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, २ असोज — कोरोनाको महामारीको परेको काठमाण्डु उपत्यकामा आज अहिले सम्मकै धेरै कोरोना संक्रमित भेटिएको छ ।

आज काठमाण्डु उपत्यकामा ८ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये काठमाण्डुमा मात्रै ६ सय ९८ जना, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना रहेका छन् ।

आज शुक्रबार ७ जनाले कोरोनाको कारण आफ्नो ज्यान गुमाएका छन् । योसँगै नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us