बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७७ भदौ ३० गते १३:०३ मा प्रकाशित

काठमाण्डु , ३० भदौ — साताको तेस्रो दिन नेपाली बजारमा सुनको भाउ तोलामा ६ सयले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजावी सुन भने तोलाको ९७ हजार रुपैंयामा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

यसैगरी, चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको १३ सय ४० रुपैंयामा कारोवार भइरहेको पनि महासंघले जानकारी दिएको छ ।चाँदी आज तोलामा २० रुपैंयाले बढेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us