एकै दिन ६ प्रतशितले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७७ साउन ४ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, ४ साउन– अधिकांश उप–समूह हरियो भएसँगै आइतबारका लागि शेयर बजार बन्द भएको छ ।

बजार खेल्नेबित्तिकै उच्च रुपमा बढ्न थालेपछि कारोबार सुरु भएको ५ मिनेटमा सर्किट ब्रेक भएको थियो । २० मिनेटपछि खुलेको बजारमा एक मिनेटमै पुनः सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि पुनः बन्द भयो । तेश्रोपटक पनि खुलेकै पहिलो मिनेटमै सर्किट ब्रेक लोगपछि बजार बन्द भएको हो ।

आइतबार कूल ६ प्रतिशतले बजार उकालो लागेको छ । राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिलगत्तै शेयर बजारमा उत्साह देखिएको । राष्ट्र बैंकले शुक्रबार घोषणा गरेको मौद्रिक नीतिका कारण नीति क्षेत्र उत्साहित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us