अभिनेत्री चन्दनाद्वारा आत्महत्या, प्रेमी फरार

काठमाण्डु टुडे २०७७ जेठ २१ गते ९:१३ मा प्रकाशित

एजेन्सी– भारतमा प्रेमीले धोका दिएको भन्दै एक चलचित्र अभिनेत्रीले आत्महत्या गरेकी छन् ।

२९ वर्षीया कन्नड नायिका चन्दनाले प्रेमीबाट धोका पाएको भन्दै विष सेवन गरेर आत्महत्या गरेकी हुन् । २८ मेका दिन उनले आत्महत्या गर्नुअघि एक भिडियो खिचेकी थिइन् । त्यसमा उनले आफू दिनेश नामको युवकसँग प्रेममा रहेको र उनकै धोका सहन नसकेर आत्महत्या गर्न लागेको उल्लेख गरेकी छन् । बेंगलुरुस्थित निवासमै आत्महत्या गर्नुअघि उनले उक्त भिडियो प्रेमी र परिवारका सदस्यहरुलाई समेत पठाएकी थिइन् ।

चन्दनाका छिमेकीलाई निदेशले भिडियोबारे जानकारी दिएका थिए । लगत्तै उनलाई छिमेकीहरुले अस्पताल पु¥याएका थिए । तर, चिकित्सकले तत्काल मृत घोषणा गरे । दिनेशको अर्की युवतीसँग समेत अफेयर रहेको र विवाह गर्न आनाकानी गरेकाले चोट सहन नसकेर आत्महत्या गरेको भिडियो सन्देशमा बताएकी छन् । घटनापछि नायिकका प्रेमी भनिएका युवक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us