विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले लगे १० अर्ब लाभांश

काठमाण्डु टुडे २०७७ जेठ २० गते ८:२५ मा प्रकाशित

काठमाण्डु, २० जेठ– विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् ।

विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन् ।

अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us