अमेरिकामा संसारकै धेरै कोरोना संक्रमित हुनु खुसीको कुरा होः ट्रम्प

काठमाण्डु टुडे २०७७ जेठ ७ गते १०:२७ मा प्रकाशित

donald trumpएजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो मुलुकमा कोरोना संक्रमितको संख्या संसारकै सबैभन्दा धेरै हुनु खुसीको कुरा भएको तर्क गरेका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाबाट सबैभन्दा धेरै संक्रमित हुनु अमेरिकाका लागि सम्मानको कुरा भएको जिकिर गरे । उनले अमेरिकाले धेरैको परीक्षण गरेका कारण संक्रमित धेरै देखिएको भन्दै त्यो आफूहरुको सम्मान भएको बताए ।

‘हामीले अत्याधिक परीक्षण गरेका छौं, त्यसैले संक्रमित धेरै हुनु भएको हाम्रा लागि विशेष सम्मानको कुरा हो’, ट्रम्पले भने । अमेरिकामा हालसम्म १५ लाख ७० हजार ५ सय बढीमा संक्रमण पुष्टि भइसकेको छ । ट्रम्पको यो अभिव्यक्तिप्रति अमेरिकामा तीव्र आलोचना भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us