संसार लकडाउनमा भएका बेला फेसबुकले ल्यायो नयाँ सेवा

काठमाण्डु टुडे २०७७ वैशाख १३ गते १७:१५ मा प्रकाशित

एजेन्सी– समाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्ने भएको छ ।

यो सेवा हालको भन्दा फरक हुनेछ । ‘म्यासेन्जर रुम’ नाम दिइएको उक्त सेवामा एकपटकमा ५० जनाभन्दा बढीले कुराकानी गर्न मिल्ने बताइएको छ ।

अबदेखि म्यासेन्जरमा बैठक बस्न र अन्तरक्रिया पनि गर्न सकिने फेसबुक व्यवस्थापनले जनाएको छ । चाखलाग्दो यो छ कि यो नयाँ सेवा फेसबुकमा साथी नभएकाले समेत प्रयोग गर्न सक्नेछन् ।
फेसबुकको दायाँ साईडबाट भित्र पसेपछि  सेवा प्रयोग गर्न सकिन्छ । फेसबुकले म्यासेन्जर रुमको सुरक्षा गोपनीयता कायम गर्ने प्रतिबद्धता जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us