कोरोनाबाट बेलायतमा थप तीन नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७७ वैशाख १२ गते ९:२० मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा थप तीन नेपालीको मृत्यु भएको छ ।

७२ वर्षीय गोपाल गुरुङ, ६५ वर्षीय हंशराज लिङ्देन र ३३ वर्षीया बीमा नाछिरिङ राईको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । यो सँगै बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २१ पुगेको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

पूर्वगोरखा सैनिक गुरुङ कोरोना संक्रमण देखिएपछि दुई साताअघि लण्डनस्थित रोयल फ्री अस्पतालमा भर्ना भएका थिए । गुरुङको नेपालस्थित ठेगाना प्यूठान हो । भएपछि उनी लण्डनको बस्न थालेका थिए ।

रेडिङ सहरमा बासिन्दा लिङदेनको रोयल बर्कसायर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिनअघि मात्र उनमा कोरोना पुष्टि भएको थियो ।

खोटाङ घर भई बेलायतको ननिटनमा बाबुआमासँगै बस्दै आएकी राईको गत वर्षमात्र लेपालबाट गएकी थिइन् । उनको जर्ज इलिट अस्पतालमा मृत्यु भएको दूतावासले जनाएको छ । कोरोना पुष्टि भएपछि एक साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us