कोरोनाबाट इटालीमा एकै दिन ६ सय ८३ को मृत्यु

काठमाण्डु टुडे २०७६ चैत १३ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, १३ चैत– नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण इटालीमा बुधबार एकै दिन ६ सय ८३ जनाको ज्यान गएको छ ।
योसँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ । यस्तै ५ हजार २ सय १० जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको संख्या बढेर ७४ हजार नाघेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us