कोरोना रोक्न सरकारले चालेको कदमविरुद्ध सर्वोच्चमा दायर रिटमा आदेश दिन अस्वीकार

काठमाण्डु टुडे २०७६ चैत १२ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, १२ चैत– सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९ ) को महामारी रोक्न छिमेकी मुलुकसँगका नाका बन्द गर्ने र हवाई उडान बन्द गर्ने निर्णय खारेजीको माग गर्दै दायर भएको रिटमा आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले रिट निवेदकको दाबीअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

नाका र हवाई उडान बन्द गर्ने कदमले नेपालीलाई स्वदेश फर्कने हकबाट बञ्चित गरेको भन्दै अधिवक्ताद्वय माधव बस्नेत र मीना बस्नेतले बुधबार रिट दायर गरेका थिए । सर्वोच्चले त्यसबारे छलफल गर्न सरकार र रिट निवेदकलाई २४ चैतमा बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us