कोरोना भाइरसको संक्रमणले रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु

काठमाण्डु टुडे २०७६ चैत ९ गते १०:१७ मा प्रकाशित

एजेन्सी — विश्वभर फैलिएको कोरोना भाइरसको कारण ७६ वर्षीय रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएका वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो ।

कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् ।‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यो तरिकाबाट अवसान हुन उहाँ लायक हुनुहुन्थेन ।’रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्वअध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ ।
लोरेन्जोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us