स्पेनिस फुटबल प्रशिक्षक गार्सियाको कोरोनाबाट मृत्यु

काठमाण्डु टुडे २०७६ चैत ४ गते ११:२५ मा प्रकाशित

एजेन्सी — २१ वर्षीया स्पेनिस फुटबल प्रशिक्षकको कोरानाबाट शनिबार मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका फ्रान्सिस्को गार्सियाको कोरोना भाइरसबाट मृत्यु भएको हो ।
गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।
गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us