‘अमेरिकन आइडल’को दोस्रो राउण्डमा दिवेश पोखरेलले शानदार प्रस्तुती दिएपछि…

काठमाण्डु टुडे २०७६ चैत ४ गते १०:४० मा प्रकाशित

काठमाण्डु , ४ चैत – अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’को पहिलो राउण्डमा नै जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेलको दोस्रो राउण्ड पनि जजले खुबै रुचाएका छन् ।

अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै पहिलो राउण्डमा विश्वभर चर्चा कमाएका दिवेसले दोस्रो राउण्डका लागी दिएको प्रस्तुती पनि जज र दर्शकले खुबै रुचाएका छन् ।
नमस्ते गर्दै दोस्रो राउण्डमा प्रवेश गर्दा उनकी दिदी रुपा र दर्शकहरुले उनको प्रस्तुतीमा उठेर नाच्न थालेपछि जजहरुले पनि उठेर सम्मान दिएका थिए ।

दिवेशले दोस्रो राउण्डमा झनै राम्रो गाएको भन्दै अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीले उनको खुलेर प्रशंसा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us