दक्षिणी कान्दाहारमा ७ अफगान प्रहरीको हत्या

काठमाण्डु टुडे २०७६ चैत २ गते १३:४६ मा प्रकाशित

एजेन्सी–दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका छन् । गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिए ।

उनले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताए । ती प्रहरीको खोजी भइरहेको पनि प्रवक्ता जमालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us