बसको ठक्करबाट नायिका महिमा सिलवाल र उनको बहिनीको मृत्यु

काठमाण्डु टुडे २०७६ फागुन १ गते १०:५३ मा प्रकाशित

काठमाण्डु , १ फागुन— नायिका महिमा सिलवाल र उनको बहिनी सवार स्कुटरलाई बसले ठक्कर दिदाँ दूईजनाकै ज्यान गएको छ ।

भैरहवाबाट काठमाण्डु आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई धादिङको गजुरी गाउँपालिकमा —२ चाम्बासमा बुधबार साँझ ठक्कर दिएको हो । ।
ठक्करबाट घाइते उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो । भने बहिनी शर्मिला सिलवालको उपचारको क्रममा काठमाण्डुको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।२२ वर्षीया सिलवाल चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी हुन् ।

प्रहरीले बस चालकलाई भने नियन्त्रणमा लिइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us