‘कभी ईद कभी दिवाली’मा सलमान र पूजाको जोडी

काठमाण्डु टुडे २०७६ माघ २८ गते १७:१७ मा प्रकाशित

एजेन्सी– बलिउड अभिनेत्री पूजा हेग्डे सलमान खानको आगामी चलचित्र ‘कभी ईद कभी दिवाली’मा देखिने भएकी छन्।
‘मोहनजो दाडो’मा ऋतिक रोशन र ‘हाउसफुल ४’मा अक्षय कुमारसँग काम गरिसकेकी अभिनेत्री पूजा सलमानसँग पनि काम गर्ने भएकी हुन्।
चलचित्रका निर्माता साजिद नाडियाडवालाले एक अन्तर्वार्तामा यस कुराको पुष्टी गरेका हुन्।
नाडियाडवालाले भनेका छन्, ‘हाउसफुल ४ मा पूजासँग काम गरेपछि यस चलचित्र (कभी ईद कभी दिवाली)का लागि उनी परफेक्ट छिन् भन्ने हामीलाई लाग्यो।

पर्दामा उनको उपस्थिति गजबको थियो। र सलमान खानसँग उनको जोडी खुब राम्रो देखिनेछ।’
यो चलचित्रको छायांकन आगामी अक्टोबरबाट सुरु हुने बताइएको छ। चलचित्रमा एक्सन र कमेडी भरपुर मात्रामा रहनेछ।

चलचित्रको कथा साजिद नाडियाडवालाले लेखेका हुन् भने निर्देशन फरहाद सामजीले गर्नेछन्। चलचित्र सन् २०२१ को ईदमा रिलिज हुने बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us