कोरियन फिल्म ‘प्यारासाइट’ले उत्कृष्ट फिल्मको उपाधी जित्दै इतिहास बनायो

काठमाण्डु टुडे २०७६ माघ २७ गते १३:०४ मा प्रकाशित

एजेन्सी – यो वर्षको ओस्करमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बनेको छ । विदेशी भाषाको फिल्म विधामा पनि मनोनय रहेको प्यारासाइटले उक्त विधाको पुरस्कार पनि जितेको थियो ।

विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने प्यारासाइट ११ औँ फिल्म हो । तर यस अघिका १० फिल्मले हासिल गर्न नसकेको सफलता हात पार्दै प्यारासाइटले इतिहास बनाएको छ ।

The cast and crew of “Parasite” accept the award for best picture at the Oscars on Sunday, Feb. 9, 2020, at the Dolby Theatre in Los Angeles. (AP Photo/Chris Pizzello)

निर्देशक बोङ जून–होले उत्कृष्ट निर्देशकको पुरस्कार पनि जितेका थिए । अन्य प्रमुख विधामध्ये वाक्वीन फिनिक्सले उत्कृष्ट अभिनेता बने भने जुडी फिल्मबाट रेनी जेलवेगर उत्कृष्ट अभिनेत्री भइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us