‘सेल्फी किङ्ग’को एक बिषेशमा कलाकार मनोज मोडलिङसंघको सहयोग

काठमाण्डु टुडे २०७६ माघ २६ गते १४:०३ मा प्रकाशित

काठमाण्डु , २६ माघ — बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकलाई नेपाल राष्ट्रिय मोडलिङ संघ नेपालले दुई लाख बिस हजार दुई सय बिस रुपैया सहयोग गरेको छ ।
संघले शनिबार कमलपोखरीस्थित बिगमुभिजमा फिल्म ‘सेल्फी किङ्ग’को एक बिषेश शो आयोजना सहित उक्त रकम सहयोग गरेको हो । बोनम्यारो रोगबाट केही समयदेखि पिडित मनोजको उपचारका लागि संघले उक्त रकम सहयोग गरेको हो ।
शोमा पुर्व परराष्ट्र राज्यमन्त्री तथा दक्षिण कोरियाको लागि नेपाली निबर्तमान राजदुत अर्जुनजंग बहादुर सिंह र मोडलिङ संघका अध्यक्ष दिनेश शाहीले मनोजलाई उक्त रकम प्रदान गरे ।
‘पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा मनोजको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ’ मोडलिङ संघका अध्यक्ष शाले भने ‘उपचारका लागि केही सहयोग होस् भनेर फिल्मको बिषेश शो गरिएको हो ।’
सहयोग गरिएको रकममा ‘सेल्फी किङ्ग’को बिषेश शोबाट उठेको रकममा मोडलिङसंघको तर्फबाट समेत आफुले केही थपेर सहयोग गरेको शाहीको भनाई रहेको थियो । बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव समेत भएको शाहीको भनाई रहेको छ ।
बिषेश शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका थिए । फिल्म भने गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको हो ।
शोमा फिल्मका कलाकार, नेपाली कांग्रेशका नेता क्षितिज भण्डारी, रमेश महत, ग्लोबल फिल्म अवार्ड तथा नेपाल मोडलिङ संघ अमेरिकाको अध्यक्ष कलाकार महादेव त्रिपाठी, सुभेच्छा थापा, समाजसेवी तथा रंगपत्रकारको उपस्थिति रहेको थियो ।
संघले केही समयपछि अमेरिकामा पनि एक सम्मान कार्यक्रमको आयोजना गर्दैछ । जसको घोषणा छिट्टै हुने शाहीले बताए ।
‘सेल्फी किङ्ग’ अभिनेता बिपिन कार्कीले हाँस्यकलाकारको भुमिका निर्बाह गरेको फिल्म हो । विशाल सापकोटाको निर्देशन रहेको फिल्म एउटा हास्य कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नु परेका समस्या र उसको बाध्यता ,बिषय बनाइएको छ ।
दिनेश राउत र शुभाष थापाको लगानी रहेको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us