विवाह नै नगरी अभिनेत्री कल्की बनिन् आमा

काठमाण्डु टुडे २०७६ माघ २६ गते १३:०५ मा प्रकाशित

मुम्बइ — अभिनेत्री कल्की कोचलिन एक छोरीकी आमा बनेकी छिन् ।

स्रोतका अनुसार शुक्रबार कल्कीले छोरीलाई जन्म दिएकी हुन् । यद्यपि अहिलेसम्म कल्की वा उनको परिवारको तर्फबाट यसको पुष्टि भइसकेको छैन ।
कल्कीले लगातार बढिरहेको पेटसहितका फोटोहरु सामाजिक संजालमा शेयर गरिरहेकी थिइन् ।
कल्की र गायक हर्शबर्गसँगको पे्रमले भने विवाह रुप लिएको छैन । तथापी यी छोरीको पिता भने हर्शबर्गनै भएको बताइएको छ । कल्कीले गर्भवती भएपछि आफूहरुको सम्बन्धलाई कानुनी रुपमा बिहेको रुप दिने विषयमा हर्शबर्गसँग सल्लाह भइरहेको बताएकी थिइन् ।
कल्कीले २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी थिइन् । यो सम्बन्ध करिब ४ वर्ष चल्यो र २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us