संगीतकार बज्राचार्यलाई मातृशोक

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, २३ बैशाख – चर्चित संगीतकार न्ह्यू बज्राचार्यलाई मातृशोक परेको छ । बज्राचार्यकी आमा कृष्णदेवीको आज निधन भएको हो ।

संगीतकार बज्राचार्यकी आमाको निधन भएको अर्का संगीतकार कालीप्रसाद बाँस्कोटाले पुष्टि गरेका हुन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै कृष्णदेवीप्रति ‘श्रद्धान्जली’ दिएका छन् ।

कालीप्रसाद बास्कोटा र संगीतकार न्ह्यू बज्रचार्य एकदमै निकट छन् । नेपाल आइडलको पहिलो र दोश्रो सिजनमा उनिहरुसँगै इन्दिरा जोशी निर्णायकको भूमिकामा थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us