मोडेलहरुले क्याट वाक गरिरहँदा बिरालोले इन्ट्री मारेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १७:४६ मा प्रकाशित

एजेन्सी – फेसन कार्यक्रममा र्याम्प मोडेलहरुले क्याट वाक गर्नु स्वभाविक हो ।

मोरोक्कोको एक फेसन कार्यक्रममा हालै विभिन्न मोडेलहरु क्याट वाक गरिरहँदा साँच्चैको क्याट र्याम्पमा प्रवेश गरेको भिडियो सार्वजनिक भएको छ ।

जब क्याट अर्थात् बिरालो मोडलहरु हिँडिरहेको स्थानमा पुग्छ । बिरालोले सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल हुन्छ ।

मानिसहरुले सामाजिक संजालमा यसलाई यतिबेला रमाइलो सामाग्रीका रुपमा रुचाइरहेका छन् ।

केहिले यी बिरालो मोडलभन्दा व्यावसायिक क्याट वाक गर्दा रैछन् भनेर प्रतिक्रिया जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us